अभिनेत्री करिश्मा मानन्धरले अन्ततः नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छन्।
केही समयदेखि ओलीले आफूलाई फोन गरेको भनेर निकै खुसीका साथ प्रचार गरिरहेकी करिश्माले उनीसँग भेटेको कुरा तस्बिरसहित जानकारी दिएकी हुन्।
यस क्रममा उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको प्रशंसा गर्दै धन्यवादसमेत ज्ञापन गरेकी छन्।
‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचारहरू सुन्दा आनन्द आयो’, करिश्माले भनेकी छन्, ‘सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओलीज्यूलाई धेरै धन्यवाद।’
साथमा गायिका एवं एमालेकै सांसद कोमल वली र कलाकार जितु नेपाल पनि देखिएका छन्।
प्रायः टोपीमा देखिने ओली करिश्मासँगको भेटमा भने खाली टाउकोमै देखिएका छन्।
भेटमा सहभागी हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’का अनुसार यो भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा भएको हो।
अभिनेत्री करिश्माले बुधबार राति सार्वजनिक गरेका तस्बिर–



यसमा अम्बिका तामाङले कमेन्ट गरेकी छन्, ‘कतै यो एमाले प्रवेशको संकेत त होइन?? कि कसैलाई जलाउन यस्तो गर्दै हुनुहुन्छ??’
यो पनि : अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्?
Shares

प्रतिक्रिया