राजनीति


सोमबारदेखि जारी माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिँदै, के होलान् निर्णय?

सोमबारदेखि जारी माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिँदै, के होलान् निर्णय?

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १०:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (मंगलबार) दोस्रो दिन पनि जारी छ। 

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार बैठक बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसिरहेको हो। 

‘अब सकिन लाग्यो’, मंगलबार बिहान नेपालखबरसँग उनले भने, ‘केही बेरमा प्रवक्ताले निर्णय सार्वजनिक गर्नुहुन्छ।’

सोमबारदेखि जारी माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा गएका आफ्ना मन्त्रीहरूको कार्यदक्षता बढाउन एउटा संयन्त्र निर्माण तथा पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनका लागि सदस्यता वितरणलगायत सम्बन्धमा निर्णय गर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad