नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माथिल्लो कर्णाली आयोजना विकास सम्झौताको दफा ३ र उपदफा ७.३.४ को जीएमआरले गम्भीर उल्लंघन गरेको बताएका छन्।
यसबापत उसले झन्डै २ अर्ब जरिवाना सरकारलाई तिर्नुपर्ने रावलको भनाइ छ। यसर्थ देशको सबैभन्दा राम्रो योजना समाप्त पार्ने विदेशी षड्यन्त्रसामु सरकारलाई घुँडा नटेक्न उनले सुझावसमेत दिएका छन्।
‘माथिल्लो कर्णाली आयोजना विकास सम्झौताको दफा ३ र उपदफा ७.३.४ को जीएमआरले गम्भीर उल्लंघन गरेको छ। यसबपत उसले झन्डै रु २ अर्ब हर्जाना सरकारलाई तिर्नुपर्ने हो,’ रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कम्पनीले आयोजना ओगटेको १४ वर्ष भयो। देशको सबभन्दा राम्रो योजनालाई खत्तम गर्ने विदेशी षडयन्त्रका सामु सरकारले घुँडा नटेकोस्।’
36
Shares

प्रतिक्रिया