समाज


दसैँका लागि उपत्यका छाड्नेको संख्या बढ्न थाल्यो

दसैँका लागि उपत्यका छाड्नेको संख्या बढ्न थाल्यो

नेपालखबर
असोज २४, २०७८ आइतबार ९:१४, काठमाडौँ

दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ। 

असोज १ देखि सात गतेसम्म काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या बराबर जस्तो थियो। अहिले भने बाहिरिने यात्रुको संख्या बढ्न थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्। तर, प्रहरीलेको अभिलेखभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरएका प्रहरी अधिकारीहरु नै बताउँछन्।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेको बताए। दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने उनको अनुमान छ। 

‘हिजोसम्म सामान्यरुपमा उपत्यकाबाट बाहिरिनेको संख्या बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको संख्या झन् बढ्न् अनुमान गरेका छौँ,’ महाशाखाका प्रमुख भट्टराईले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुको सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ।’

यही असोज १६ गतेसम्म उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या बराबरी जस्तो थियो। प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो। त्यसपछि भने बाहिरिने यात्रुको चाँप बढेको हो। असोज १७ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन्। 

यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए। महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए। 

सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छन्। त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ।

असोज १ देखि २२ सम्ममा कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ। सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ। प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन्। 

यद्यपि रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी छ। त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन। साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए।

यसपाली  असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ। 

प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ।

यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिए।

चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad