नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै चलखेल गरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिरि निकालिदिने चेतावनी दिएका छन्।
यसअघि आफूलाई ‘धोका दिएका’ कारण बालुवाटारबाट बालकोट पुर्याएको दाबी गर्दै उनले अझै निहुँ खोजे राजनीतिबाट बिदा गरिदिने आक्रोश व्यक्त गरेका हुन्।
शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रचण्डले भने, ‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ।’
ओलीको घमण्डकै कारण गण्डकी र लुम्बिनीको सरकार गुमेको उल्लेख गर्दै उनले २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि एमाले सरकारबाट बाहिरिने दाबी उनले गरे।
प्रचण्डले थपे, ‘अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ।’
Shares
प्रतिक्रिया