ad ad

समाज


जनकपुरधामको मनमोहक दसैँ (फोटो फिचर)

जनकपुरधामको मनमोहक दसैँ (फोटो फिचर)

शैलेन्द्र महतो
असोज २३, २०७८ शनिबार २२:३०, जनकपुरधाम

जनकपुरधाममा यतिबेला बडा दसैँको रमझम छ। जनकपुरमा प्रत्येक वर्ष विशेष रुपले दसैँ मनाउने गरिन्छ। दसैँका लागि जनकपुरका मुख्य शक्तिपीठ राजदेवी मन्दिर लगायत विभिन्न शक्तिपीठ दुलही झैँ सिंगारिएको छ । 

दसैँ आउनु दुई महिना अघिदेखि नै यहाँका युवाक्लबहरु तयारीमा जुटेका हुन्छन्। आर्थिक सहयोग संकलन गरी शक्तिपीठहरुलाई दसैँका लागि नव दुलही झैँ सजाउने गरिन्छ। 

बिहीबारदेखि दसैँ सुरु भएसँगै जनकपुरका शक्तिपीठहरु राजदेवी मन्दिर, बौद्धिमाइ मन्दिर, दुर्गा मन्दिर, अन्नपूर्ण अमरखानामाइ मन्दिर लगायत निकै आकर्षक बनाइएको छ।

दसैँको अवसरमा जनकपुरधामको भ्रमरपुराचोक, विद्यापतिचोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका स्थानमा नवदुर्गा भवानीको प्रतिमा स्थापना गरि विशेष प्रकारले पूजाआजा गर्ने चलन छ।  

सबैजसो शक्तिपीठमा रंगरोगन, भव्य टेन्ट पण्डाल, साउण्ड–लाइट, विद्युतीय चिमचिमे बत्ती, कृतिम फूल, अकर्षक कपडा जस्ता वस्तु जडान गरिएको छ। यसले शक्तिपीठहरुको सौन्दर्यतामा झनै ‘चारचाँद’ लाग्ने गर्दछ। 

शक्तिपीठहरुमा दिउँसो भन्दा पनि रातिको समयमा झिलिमिली बत्तीले थप आकर्षक देखिन्छ। साँझदेखि यी शक्तिपीठहरुमा पूर्जाअर्चना तथा अबलोकनका लागि श्रद्धालु भक्तजनको खचाखच भीड लाग्छ। 

दसैँमा रमाउनको लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक व्यवस्था गरिएको छ। त्यस्तै सेल्फी प्वाइन्टहरु निर्माण गरिएको छ। जताततै घन्किने माता दुर्गा भवानीको थरि थरि गीतसंगीतले झनै आनन्दित तूल्याउँछ।  

जनकपुरमा विशेष रुपले मनाइने दसैँ अवलोकनका लागि बाहिरबाट समेत पर्यटकहरु आउने गर्दछन्। दसैँको लागि जनकपुरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .