राजनीति


ताइवानको शान्तिपूर्ण एकीकरण चीनको हितमाः सी

ताइवानको शान्तिपूर्ण एकीकरण चीनको हितमाः सी

नेपालखबर
असोज २३, २०७८ शनिबार १०:३१, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानको शान्तिपूर्ण एकीकरण नै चीन र ताइवानमा रहेका चिनियाँहरूको हितमा हुने बताएका छन्। 

‘ताइवानको शान्तिपूर्ण पुर्नएकीकरण चीन र ताइवानमा रहेका हाम्रा नागरिकको हितमा हुनेछ’, उनले भने।

चीनमा गणतन्त्र स्थापना भएको ११० औं वर्षगाँठको अवसरमा शनिबार बेइजिङमा बोल्दै राष्ट्रपति सीले भने, ‘मातृभूमिको पूर्ण एकीकरण पुरा हुनै पर्छ।’ 

राष्ट्रपति सीले ताइवानको शान्तिपूर्ण एकीकरणको विरोध गर्नेहरू बर्बाद हुने चेतावनी पनि दिए।

पछिल्लो समय चीनले ताइवान आफ्नो कब्जामा लिन सशस्त्र तयारी गरिरहेको खबरहरू आइरहेका बेला सीले यस्तो धारणा राखेका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad