बाजुराको बूढीगंगा नगरपालिकाका प्रमुख दीपकविक्रम शाह नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन्।
बाजुरामा सम्पन्न जिल्ला अधिवेशनमा उनी प्रत्यक्षतर्फ १० जना पुरुष महाधिवेशन प्रतिनिधिमध्ये पर्न नसकेका हुन्।
संस्थापनपक्षीय नगर प्रमुख शाह बाजुरा कांग्रेसका निवर्तमान सचिवसमेत हुन्।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको बाजुरामा जिल्ला अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर समूहको बाहुल्यता छ।
२५ जनामध्ये संस्थापन पक्षबाट जम्मा ६ जना मात्र महाधिवेशन प्रतिनिधि चुनिएका हुन्।
बाजुरामा संस्थापन इतरका १९ जना महाधिवेशन प्रतिनिधि बन्न सफल भएका हुन्।
यसअघि १३औं महाधिवेशनमा भने बाजुरामा संस्थापन पक्षको वर्चस्व थियो।
यसपटक बाजुराबाट संस्थापन पक्षीय देवराज जोशी, महा नेपाली, पदम शाही, धनराज पण्डित, कविता विष्ट, राधिका सिंह र विद्या तिमल्सिना मात्र महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।
याे पनि : जो बनिन् देशकै कान्छो कांग्रेस महाधिवेशन प्रतिनिधि
Shares

प्रतिक्रिया