राजनीति


जो बनिन् देशकै कान्छो कांग्रेस महाधिवेशन प्रतिनिधि

जो बनिन् देशकै कान्छो कांग्रेस महाधिवेशन प्रतिनिधि

रीता शाही


नेपालखबर
असोज २३, २०७८ शनिबार ८:५२, काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले जिल्ला अधिवेशन जारी छ। यस क्रममा पुरानो पुस्ताबाट खासै राजनीतिक उपलब्धि हुन नसकेको भन्दै वडा तहदेखि नै युवाले नेतृत्व लिन थालेका छन्। 

यसै क्रममा बाजुरामा सम्पन्न कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट देशकै कान्छाे कांग्रेस महाधिवेशन प्रतिनिधि छानिएका छन्।

जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ६०२ मत ल्याएर २२ वर्षीया रीता शाही महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन्। खस–आर्य कोटाबाट उनी महाधिवेशन प्रतिनिधि चुनिन सफल भएकी हुन्। 

कोरोना महामारी, बाढीपहिरोलगायत जिल्लामा भएका प्राकृतिक प्रकोपका बेला देश/विदेशबाट सहयोग जुटाउन सक्रिय शाही सामाजिक अभियन्ताका रूपमा पनि चर्चित छिन्। 

नर्स अध्ययन गरेकी शाही पछिल्लो समय गाउँ, समाज अनि देश बदल्न भन्दै सक्रिय राजनीतिमा होमिएकी हुन्।

साहित्य र संगीतमा समेत रुचि राख्ने शाहीले ‘तीतामिठा’ गजल संग्रह प्रकाशनका साथै ६ वटा सांगीतिक एल्बम पनि बजारमा ल्याइसकेकी छन्।

यसैबीच सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षको वर्चस्व रहे पनि यसपटक जिल्ला कार्यसमितिमा संस्थापन समूहले ठूला हार खानुपरेको छ।

स्थानीय कांग्रेस नेताका अनुसार एक जना सहसचिवबाहेक सबै पदाधिकारी तथा सदस्यमा वरिष्ठ नेता रामचन्द पौडेल र सिटौला पक्षका उम्मेदवार विजयी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad