बाजुरामा जारी नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका उम्मेदवार चक्र शाहले संस्थापनइतर समूहलाई समर्थन गर्ने घोषणा गरेका छन्।
सदरमुकाम मार्तडीमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर शाहले इतर समूहका उम्मेदवार रामसिंह रावललाई समर्थन गर्ने घोषणा गरेका हुन्।
दोस्रो चरणमा संस्थापन पक्षीय उम्मेदवार कविराज पण्डित र इतर समूहका उम्मेदवार रावलबीच अब दोस्रो चरणको निर्वाचन हुने भएको छ।
पहिलो चरणको निर्वाचनमा कुनै पक्षले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो।
निर्वाचन समितिका अनुसार कूल मत एक हजार दुई सय पाँच मतमध्ये पण्डितले चार सय ८९, इतर समूहका रावलले चार सय ७४ मत पाएका थिए।
अर्का प्रत्यासी शाहले इक सय ५२ मत मात्र ल्याएको निर्वाचन समितिले जनाएको छ।
यससँगै उनले अब हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुन पाउने छैनन्। कांग्रेसले जिल्ला अधिवेशनअन्तर्गत बाजुरामा दोहोर्याएर निर्वाचन गर्ने भएको छ। यसअघि दोलखामा पनि पुनः मतदान गर्नुपरेको थियो।
Shares

प्रतिक्रिया