नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुलाई छलफलका लागि बोलाएका छन्।
मन्त्री छनौटका लागि छलफल गर्न उनले निजी निवास बोहराटारमा नेताहरुलाई बोलाएका हुन्।
नेताहरुसँगको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।
पौडेल समूहले आफ्नो भागमा परेका दुई मन्त्रालयका लागि मन्त्री छान्ने तयारी गरेको छ।
पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरीमध्ये दुई मन्त्री हुने सम्भावना छ।
759
Shares

प्रतिक्रिया