राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन चन्द्रागिरि बास बस्न पुगेकी छन्।
सोमबारर राति उनी चन्द्रागिरि रिसाेर्टमा बास बसेकाे शीतल निवास स्राेतले जनाएकाे छ।
उनी आज शीतल निवास फर्किने कार्यक्रम छ।
चन्द्रागिरि व्यवस्थापन स्राेतका अनुसार राष्ट्रपति भण्डारीले चन्द्रागिरि केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँ अवलाेकन गरेकी छन्।
कुनै औपचारिक कार्यक्रमका लागि नभई उनी केवल ‘रिफ्रेस’का लागि चन्द्रागिरि गएको स्रोतले जनाएको छ।
सञ्चारमाध्यममा सार्वजनिक भिडिओमा राष्ट्रपति भण्डारी माइक्रो चढेर चन्द्रागिरि गएको देखिन्छ।
201
Shares

प्रतिक्रिया