नेपाली कांग्रेसको रूकुमपूर्व जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन्।
शनिबार भएको अधिवेशनमा जिल्ला सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रोकाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भए।
निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले रोका निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन्। रोका पूर्व सहायक मन्त्रीसमेत हुन्।
अधिवेशनले उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरेको छ। त्यस्तै जिल्ला सहसचिवमा धनप्रताप बुढामगर र खडकबहादुर घर्ती निर्वाचित भएका छन्।
87
Shares

प्रतिक्रिया