राजनीति


'केपी ओली तानशाह हुन्, आत्मप्रशंसामा रमाउँदैछन्'

'केपी ओली तानशाह हुन्, आत्मप्रशंसामा रमाउँदैछन्'

नेपालखबर
असोज १६, २०७८ शनिबार १५:४, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तानाशाहको आरोप लगाएका छन्। उनले ओली अहिले आत्मप्रशंसामा रमाइरहेको टिप्पणी गरेका छन्। 

गृहजिल्ला तनहुँको भानु नगरपालिका-२ नारेश्वरटारमा शनिवार आयोजित पदस्थापन कार्यक्रममा उनले ओलीमाथि तानाशाहको आरोप लगाउँदै आत्मप्रशंसामा रमाइरहेको टिप्पणी गरेका हुन्। 

'नेकपा एमालेको विधान अधिवेशन चलिरहेको छ। अधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएका छन्। पुस्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्वीर छैनन्', पौडेलले भने, 'पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएका छन्। तानाशाहले हो यसरी आत्मप्रशंसा चाहने। ओली आत्मप्रशंसामा रमाइरहेका छ्न्।'

उनले ओलीले मुलुकलाई तानाशाही बाटोमा धकेल्न खोज्दा आफूले तनहुँबाट त्यसविरुद्ध आन्दोलन सुरु गरेको पनि जिकिर गरेका छन्।

'ओलीले देशलाई तानाशाही व्यवस्थातर्फ लैजान खोजेका थिए। हामीले त्यसबाट बचायौँ,' पौडेलले भने, 'सिंगो नेपाललाई निल्न खोजेका थिए। हामीले तनहुँबाटै चुनौती दिएका हौँ। यो तानाशही सर्वसत्तावाद चल्दैन भनेर बन्दीपुरबाट मैले चुनौती दिएको हुँ।'

लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकार गरेको नेता पौडेलले बताएका छन्। 'रामवरणजी रष्ट्रपति बन्दै गर्दा गिरिजाबाबुले मलाई  राष्ट्रपति बन्नुस् भन्नुभएको थियो,' उनले भने, 'मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ।' 

नेता पौडेलले पार्टीको जारी अधिवेशनले पार्टीमा नयाँ हलचल ल्याएको पनि बताए। 

'चुनावले पार्टीमा हलचल ल्याएको छ। रक्तसंचार ल्याएको छ। चुनावले नेपाली कांग्रेसलाई अझै बलियो बनाएको छ,' पौडेलले भने, 'देशभर पार्टी चलायमान भएको छ। ऊर्जा उत्साहको लहर छाइरहेको छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad