ad ad

खेल


ईपीएलः साबिक विजेता ललितपुरको पहिलो जित

ईपीएलः साबिक विजेता ललितपुरको पहिलो जित

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १३:४६, काठमाडौँ

आजम तुल्लाह ओमजाइको अलराउन्ड प्रदर्शनमा साविक विजेता ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ। 

ईपीएलको ११ औँ खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो। 

जितसँगै ललितपुरले प्लेअफमा पुग्ने झिनो सम्भावना कायम राखेको छ। ललितपुरले ४ खेलबाट ३ अंक जोडेको छ। 

लगातार तेस्रो खेलमा पराजित भएपछि अंक तालिकाको पुछारमा रहेको विराटनगरको प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ।   

ललितपुरले दिएको २ सय २७ रनको किर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो।  

विराटनगरका दिल्सान मुनाविराले ५९ रनको योगदान दिएपनि टोलीको हार टार्न भने सकेनन्। पहिलो विकेटका लागि ओपनर चन्द्रपउल हेमराज र आशिफ शेखले अर्धशतकिय साझेदारी गरे। ओपनर हेमराज तेस्रो ओभरको पाँचौ बलमा २८ रनमा पवेलियन फर्के। 

दोस्रो विकेटका लागि आशिफ र दिल्सान मुनाविराले ५५ रनको साझेदारी गरेका थिए। शेख ३७ रनमा क्याच आउट भए। सिकन्दर राजाले २४ रन थपे। 

उत्कृष्ट सुरुवात गरेको विराटनगरले मध्यक्रममा लगातार विकेट पतनपछि दबाबमा आएको थियो। कप्तान करण केसी ४, सौरभ खनाल गोल्डेन डक आउट भए। अनिल शाह ८ रनमा रनआउट रहे। 

विराटनगरका आजम तुल्लाह ओमजाइ एक्लैलै ४ विकेट लिए। ललित राजवंशीको नाममा २ विकेट रह्यो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २६ रनको किर्तिमानी योगफल तयार पारेको थियो।  

ललितपुरका ओपनर सान्दुक विरोक्कोडीले सर्वाधिक ७३ रनको योगदान दिए। आक्रमक ब्याटिङ गरेका विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे। 

आजम तुल्लाह ओमजाइ ५८ र नाराएण जोशी १८ रनमा नटआउट रहे। 

विष्फोटक ब्याटिङ गरेका आजमतुल्लाहले २४ बलमा ७ छक्का प्रहार गर्दै ५८ रनको महत्वपुर्ण योगदान दिए। 

पहिलो विकेटका लागि ओपनर सन्दुन र कुशल भुर्तेलले ७० रनको महत्वपुर्ण साझेदारी गरे। कप्तान तथा ओपनर कुशल ३२ रनमा पवेलियन फर्के। कुशलले १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कुशल विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए। 

दोस्रो विकेटका लागि विराक्कोडी र युवा ब्याटर योगेन्द्र सिहं कार्कीले ४ रनको साझेदारी गरे। योगेन्द्र २७ रनमा आउट भए। १८ बलमा १ चौका र ३ छक्का हानेका कार्की सुमित मर्हजनको हातबाट क्याच आउट भए। 

पवन सर्राफ २ रन जोड्दा प्रतिश जिसीको बलमा एलबीडब्लु धरापमा परे। 

पाँचौँ विकेटका लागि आजमतुल्लाह ओमरजाइ र जयशिन कोल्सावालले ६० रनको साझेदारी गरे। कोल्सावाला १३ रनमा करण केसकिो बलमा विकेटकिपर आशिफ शेखको हातबाट आउट क्याच आउट भए। 

विराटनगरका लागि करण केसीले दुई तथा सिकन्दर राजा, प्रतिश जिसी र दिल्सान मुनाविराले समान एक विकेट झारे। 

ललितपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। ललितपुरले आज भारतीय विकेटकिपर ब्याटर जयकिशन कोल्सावालालाई टोलीमा समेटेको छ। कोल्सावाला यसअघि ललितपुरको टोलीमा थिएनन्। कोल्सावालले ओशदा फर्नान्डोलाई विस्थापित गर्दै टोलीमा स्थान बनाएका हुन्। 

सान्दुनको उत्कृष्ट अर्धशतक 
ललितपुरका ओपनर ब्याटर सान्दुन विराक्कोडीले इपिएलको ११ औँ खेलमा विराटनगर वारियर्सविरुद्ध अर्धशतक प्रहार गरे। विराक्कोडीले २९ बलमा ९ चौका र १ छक्का हान्दै अर्धशतक पुरा गरेका हुन्। 

उनले १०औँ ओभरको पहिलो बलमा एक रन लिदैँ अर्धशतक पुरा गरेका हुन्। इपीएलमा सान्दुनको लगातार दोस्रो अर्धशतक हो। 

सान्दुनले बिहीबार भएको भैरहवा ग्ल्याडिटयर्सविरुद्धको खेलमा  ५८ रनको उत्कृष्ट इनिङस् खेलेका थिए। 

विराक्कोडीले विराटनगरविरुद्ध ४३ बलमा १० चौका र ३ छक्का हान्दै ७३ रनको महत्वपुर्ण योगदान दिए। 

आजमतुल्लाह ओमरजाइको अर्धशतक 
ललितपुरका प्याट्रियट्सका ब्याटर आजमतुल्लाह ओमरजाइले विराटनगर वारियर्सविरुद्ध अर्धशतक पूरा गरे। 

आजमतुल्लाहले २१ बलमा अर्धशतक पुरा गरेका हुन्। ईपीएलमा २४ बलको सामना गरेका ओमरजाइले ७ छक्का हान्दै ५८ रनमा नटआउट रहे। 
 
दिल्सान मुनाविराको अर्धशतक 
विराटनगर वारियर्सका ब्याटर दिल्सान मुनाविराले एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) क्रिकेटमा ललितपुर प्याट्रियट्सविरुद्धको खेलमा अर्धशतक पुरा गरेका छन्। 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मुनाविराले ३३ बलमा ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक प्रहार गरेका हुन्। ललितपुरले दिएको २ सय २७ रनको कीर्तिमानी योगफल भेट्टाउने क्रममा मुनाविराले अर्धशतक पूरा गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .