राजनीति


प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध यथावत, सभामुखविरुद्ध नाराबाजी

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध यथावत, सभामुखविरुद्ध नाराबाजी

नेपालखबर
असोज १४, २०७८ बिहिबार १३:१६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भएलगत्तै एमालेका सांसदहरु आशनबाट उठेर नाराबाजीमा उत्रिएका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै रोष्ट्रम अगाडि पुगेका एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पक्षपतापूर्ण व्यवहार बन्द गर, गैरसांसदलाई प्रवेश निषेध गरसहितका नारा लगाइरहेका छन्।

बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad