ad ad

राजनीति


देउवाले माफी माग्नुहोला भनेको त रिसाएको बिरालोले खाँबो चिथोरेझैँ प्रस्तुत हुनुभोः भट्टराई

देउवाले माफी माग्नुहोला भनेको त रिसाएको बिरालोले खाँबो चिथोरेझैँ प्रस्तुत हुनुभोः भट्टराई

नेपालखबर
असार ५, २०७६ बिहिबार ८:५१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय मर्यादाविपरीत कार्य गरेको बताएका छन्।

बुधबार संसदमा प्रतिपक्ष दलको नेता पहिले बोल्ने कि प्रधानमन्त्री पहिले बोल्ने भन्ने विषयमा संसद नै अवरुद्ध भएको विषयलाई लिएर बिहीबार संसदमा बोल्दै उनले स्वघोषित प्रजातन्त्रवादी कांग्रेसले संसदीय मर्यादाको खिल्ली उडाएको आरोप लगाए।

‘जुन संसदमा त्यो देशको प्रधानमन्त्रीले मैले देश र समाजमा उठेका विषयवस्तुका बारेमा जानकारी दिन्छु भन्ने आशय व्यक्त गरेर सभामुखसँग समय माग गर्नुहुन्छ। र, उहाँले संसदमा बोल्न पाउनुहुन्न। हामी कस्तो संसदीय व्यवस्थाको वकालत गरिरहेका छौँ’, उनले भने।

उनले सभामुखका आदेश र अध्यक्षतालाई स्वीकार गर्ने हो भने संसदीय व्यवस्था कमजोर हुने र अराजकतातिर जाने उनको भनाइ थियो।

उनले प्रतिपक्षदल कांग्रेसलाई दुनियाले प्रजातन्त्रावादी बताइदिएका कारण संविधान मान्नु नपर्ने र कानु र संविधान कम्युनिस्टलाई मात्रै लाग्ने भनदै आक्रोश व्यक्त गरे।

 ‘अस्तिको घटनामा मलाई त लागेको थियो नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो गल्ती भयो भनेर आत्मालोचना गर्ला भनेको त भोलिपल्ट आएर रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो गरेर प्रस्तुत हुनु भो’, उनले भने।

उनले बेलायतमा पढेका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बेलायतको संसदीय अभ्यासबारे बुझ्न नभ्याएकोमा आफूलाई अचम्म लागेको बताए।

'प्रतिपक्षी दलका नेताले लामो समय बेलायमा पढ्नु भयो भन्ने सुनेका थियौँ। बेलायतको सिभिलाइजेस, पार्लामेन्टरीको अभ्यासका बारेमा धेरै बुझ्नुभयो होला भन्ने लागेको थियो’, उनले भने, ‘विश्वविद्यालय धेरै जानुपर्ने भएकाले होला। संसदतिर जान फुर्सद भएनछ। त्यसकारण बेलायतको संसदीय अभ्यास के थियो भन्ने शायद कम जानकारी भयो होला।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .