ad ad

राजनीति


प्रदेश सांसदले सरकारी ढुकुटीबाट किने १७ लाखको गम्छादेखि जुत्तासम्म

प्रदेश सांसदले सरकारी ढुकुटीबाट किने १७ लाखको गम्छादेखि जुत्तासम्म

शैलेन्द्र महतो
असोज ५, २०७८ मंगलबार १८:५८, जनकपुरधाम

प्रदेश २ का सांसदहरुले आफ्ना लागि खरिद गरेको जुत्ता, ट्रयाक सुट, तौलिया, गम्छा लगायत खेलकुद सामग्रीको भुक्तानी प्रदेशसभाबाट लिएको पाइएको छ। 

हालै महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदन २०७८ मा प्रदेश २ का प्रदेश सांसदहरुले जुत्ता, ट्रयाक सुट, तौलिया, गम्छा लगायत किनेको बिल प्रदेशसभामा पेश गरी भुक्तानी लिएको खुलेको हो। 

आर्थिक वर्ष २०७६।०७७ मा प्रदेश सांसदहरुले जम्मा गरेका सो व्यक्तिगत सामानहरुको बिल बापत १६ लाख ७१ हजार रुपैयाँ भुक्तानी प्रदेशसभा सचिवालयले गरेको हो। स्वीकृत कार्यक्रम बेगर व्यक्तिगत व्यक्तिगत प्रयोगका समान सिधै खरिद गरी भुक्तानी दिएको अनियमित देखिएको महालेखापरीक्षकले जनाएको छ। 

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ (८) मा कुनै रकमको भुक्तानी गर्दा रीत पुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनुपर्ने र सार्वजनिक खरिद नियमावलीको नियम ८५ बमोजिम ५ लाख भन्दा बढीको रकमको सामान खरिद गर्नुपर्दा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खरिद गर्नुपर्ने व्यवस्था छ।

सचिवालयले स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुने जुत्ता, ट्रयाक सुट, तौलिया, गम्छा लगायत खेलकुदका समान प्रदेश सांसदहरुले खरिद गरेको बिल संलग्न गरी १६ लाख ७१ हजार विविध खर्च शीर्षकबाट भुक्तानी गरेको छ।

जबकी प्रदेश सांसदहरु मासिक ५२ हजार ६ सय पारिश्रमिक, १५ हजार आवास सुविधा, १ हजार बैठक भत्ता, ३ हजार सञ्चार सुविधा, निजी सचिवालय बन्दोबस्त मासिक २ हजार, विजुली २ हजार, दैनिक भ्रमण भत्ता २ हजार ५ सय, यातायात खर्च ५ सय लिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .