राजनीति


महराको तिहार पनि हिरासतमै, १४ गते उपस्थित गराउन अदालतको आदेश

महराको तिहार पनि हिरासतमै, १४ गते उपस्थित गराउन अदालतको आदेश

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १२:२,

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन हिरातमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई ७ दिन थुनामा राखेर थप अनुसन्धान गर्न बिहीबार काठमाडौं जिल्ला अदालतले म्याद दिएको हो।

प्रहरीले बिहीबार महरालाई अदालतमा उपस्थित गराउँदै अनुसन्धानका लागि थप थुनामा राख्नु पर्ने भएको भन्दै समय मागेको थियो।

काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले महरालाई कार्तिक १४ गते उपस्थित गराउन आदेश भएको नेपालखबरलाई बताए।

शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरा गत असोज १९ गते पक्राउ परेका थिए।

अदालतको आदेशसँगै महराको तिहार पनि हिरासतमै बित्ने भएको छ। दशैँको तीन दिनअघि पक्राउ परेको उनको दशैँ पनि हिरासतमै बितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .