सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हिंसा छाडेर शान्तिपूर्ण मूलधारमा आउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आग्रह गरेका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आए खेल खत्तम हुने बताए।
‘प्रतिबन्ध हटाऊ, पक्राउ परेकालाई रिहाइ गर भन्ने कुरा हुँदैन,’ मन्त्री बाँस्कोटाले भने, ‘हामी भन्छौं, संविधान मान, हिंसा छोड। कुरै खत्तम, खेल खत्तम।’
हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आए, संविधान माने प्रतिबन्ध लगाउन, पक्राउ गर्न र रिहा गर्ने नपर्ने उनको भनाई थियो।
उनले नेपाली समाजलाई हत्या र हिंसा अस्वीकार्य रहेको भन्दै विप्लव समूहले त्यही गरेका कारण प्रतिबन्ध लगाउन र पक्राउ गर्न परेको प्रस्ट परे।

प्रतिक्रिया