राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुले विभिन्न चाडपर्वका अवसरमा संयुत्तलरुपमा शुभकामना आदान प्रदान आयोजना गरेका छन्।
२०७६ सालको वडा दशैँ, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत अन्य समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा बिहीबार शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको तीनवटै ट्रेड युनियनका अध्यक्ष क्रमशः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा. बैंक लि.का अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रा.वा. बैंक लि.का अध्यक्ष दिपेन्द्र कार्कीले संयुक्त रुपमा अध्यक्षता गरेका थिए।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुखहरु, विभागीय उप प्रमुखहरु, शाखा प्रबन्धकहरु, तीनवटै युनियका पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन रा.वा. बैंकका महासचिव उभार पाण्डेले स्वागत गरेका थिए।
कार्यक्रमको सञ्चालन नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा. बैंकका महासचिव मिलनबाबु नेपाल र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सचिव ईश्वर उप्रेतीले संयुक्त रुपमा गरेका थिए।

प्रतिक्रिया