प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि गिद्देदृष्टि नलगाउन चेतावनी दिएका छन्।
बिहीबार वित्तिय संस्था कर्मचारी संघले काठमाडौँमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नेता पौडेलले चिनियाँ राष्ट्रपति सी चिनफिङ सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने सम्झौता गर्दै लोकतन्त्रमाथि प्रहार सुरु गरेको आरोप लगाए।
कम्युनिस्ट सरकार काकनून बनाउने बहानामा सबै वर्ग र क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको भन्दै उनले सरकारको त्यो कदम सफल नहुने बताए। ‘‘संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने क्रममा हामीले लोकतन्त्रका मूल्य मान्यतामा कम्युनिस्टसँग धेरै लडाई गरेका थियौंए’, उनले भने, ‘उनीहरुले हामीसँग बहस गर्न नसकेर लोकतन्त्रका मूल्यमान्यता स्वीकार गरेका थिए। अहिले कानुन बनाउदा ती मूल्यमान्यतालाई नियन्त्रणको प्रयास गरिरहेका छन्।’
उनले कांग्रेले लोकतन्त्रका निरन्तर लड्दै आएको र अझै लड्न तयार रहेको भन्दै लोकतन्त्रप्रति गिद्देदृष्टि नलगाउन सरकारलाई चेतावनी समेत दिए। ‘कांग्रेस लोकतन्त्रका लागि जस्तोसुकै लडाई लड्न तयार छ’, उनले भने, ‘त्यसैले लोकतन्त्रप्रति गिद्देदृष्टि नलाए हुन्छ।’
नेता पौडेलले मुलुकलाई बचाउनका लागि कम्युनिष्टहरुसँग कांग्रेसले वैचारिक बहस चलाउनुपर्ने बताए। उनले कम्युनिस्टहरुले गरेको प्रतिवद्धता अनुसार काम हुन नसकेको भन्दै विगतमा उनीहरुले गरेको प्रतिवद्धता र वर्तमान कार्यशैलीका बारेमा व्यापक बहसको आवश्यकता रहेको बताए। सरकारको कार्यशैलीका कारण मुलुकमा विभिन्न जातिवाद र अराजनीतिक कुराहरु उठिरहेको र त्यस्ता गतिविधिका कारण समाज अशान्त र बेचैनीको अवस्थामा रहेको उनको टिप्पणी थियो। उहाँले कम्युनिष्टसंग बैचारिक बहस गरी मुलुकलाई सिद्धान्त र विचारको राजनीतिमा डोर्याउनुपर्ने बताए।
नेता पौडेलले पार्टीभित्रै पनि निष्ठा, आदर्श र मूल्य मान्यताको राजनीतिलाई जोगाउनुपर्ने आवश्यकता औँल्याए। हिंसा र अशान्तिलाई निरुत्साहीत गर्दै मुलुकलाई स्वच्छ बाटोमा डोर्याउने सन्र्दभमा पार्टीभित्र पनि सबै इमान्दार बन्नुपर्ने र लोकतन्त्रको रक्षा गर्ने अभिभारा कांग्रेसले लिनुपर्ने बताए।
उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्तरिक रुपमा पनि मजबुत हुनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया