राजनीति


शेखर कोइराला भन्छन् : देउवा अलोकतान्त्रिक बाटोमा गए, विकल्प नखोजे कांग्रेस सुध्रिँदैन

शेखर कोइराला भन्छन् : देउवा अलोकतान्त्रिक बाटोमा गए, विकल्प नखोजे कांग्रेस सुध्रिँदैन

नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन्। 

गृह जिल्ला मोरङ पुगेका  कोइरालाले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन्। 

उनले संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए।

६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि भएको उनले बताए। 

नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनले दाबी गरेका छन्। 

फरक प्रशंगमा बोल्दै कोइरालाले सभापति देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दु:खद भएको बताए। 

कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ पनि वडाअधिवेशन नगरिएको उनले बताए।

संस्थापन इतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार हुने उनले दाबी छ। उनले आफ्नो उम्मेदवारीको विषयमा भने केही बोल्न चाहेनन्।

अमेरिकी परियोजना एमसीसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो। 

सरकार र शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी पास गर्नुपर्ने उनले बताए।

असोज २, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .