भारतको झारखण्ड राज्यअन्तर्गत लातेहार जिल्लामा ‘करम डाल’ विसर्जन गर्न गएका ७ बालिका/किशोरीको डुबेर मृत्यु भएको छ। जसमा एकै परिवारका ६ जना छन्।
लातेहारका उपायुक्त (डीसी) अबु इमरानले घटनाको पुष्टि गरेका छन्। सञ्चारमाध्यमसँग उनले भनेका छन्, ‘बालुमाथ थानेको बुकरु गाउँमा यो दुर्घटना भएको हो। १०–२० वर्षका सात केटी करम पूजाको विसर्जन गर्न गएका थिए। मैले घटनाको पूरा अनुसन्धान गर्ने जिम्मा उपविकास आयुक्त (डीडीसी) लाई दिएको छु।’
एकले अर्काेलाई बचाउन जाँदा ७ बालिका÷किशोरी तालमा डुबेका थिए।
इमरानले भने, ‘करम डाल विसर्जनका क्रममा यी केटीहरू चिप्लिएर गहिरो पोखरीमा खसे। यीमध्ये चार जना बालिकाको घटनास्थलमै मृत्यु भयो। बाँकी तीन जनाको अस्पतालमा मृत्यु भयो।’
झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
परमात्मा दिवंगत आत्माओं को शांति प्रदान कर शोक संतप्त परिवारों को दुःख की घड़ी सहन करने की शक्ति दे।— Hemant Soren (@HemantSorenJMM) September 18, 2021लातेहार जिले के शेरेगाड़ा गांव में करम डाली विसर्जन के दौरान 7 बच्चियों की डूबने से हुई मौत की खबर सुनकर स्तब्ध हूँ।
Shares

प्रतिक्रिया