ad ad

समाज


भारतमा डुबेर एकै परिवारका ६ जनासहित ७ बालिका/किशोरीको मृत्यु

भारतमा डुबेर एकै परिवारका ६ जनासहित ७ बालिका/किशोरीको मृत्यु

नेपालखबर
असोज २, २०७८ शनिबार २१:१४, काठमाडौँ

भारतको झारखण्ड राज्यअन्तर्गत लातेहार जिल्लामा  ‘करम डाल’ विसर्जन गर्न गएका ७ बालिका/किशोरीको डुबेर मृत्यु भएको छ। जसमा एकै परिवारका ६ जना छन्। 

लातेहारका उपायुक्त (डीसी) अबु इमरानले घटनाको पुष्टि गरेका छन्। सञ्चारमाध्यमसँग उनले भनेका छन्, ‘बालुमाथ थानेको बुकरु गाउँमा यो दुर्घटना भएको हो। १०–२० वर्षका सात केटी करम पूजाको विसर्जन गर्न गएका थिए। मैले घटनाको पूरा अनुसन्धान गर्ने जिम्मा उपविकास आयुक्त (डीडीसी) लाई दिएको छु।’

एकले अर्काेलाई बचाउन जाँदा ७ बालिका÷किशोरी तालमा डुबेका थिए।  

इमरानले भने, ‘करम डाल विसर्जनका क्रममा यी केटीहरू चिप्लिएर गहिरो पोखरीमा खसे। यीमध्ये चार जना बालिकाको घटनास्थलमै मृत्यु भयो। बाँकी तीन जनाको अस्पतालमा  मृत्यु भयो।’​

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .