राजनीति


माधव नेपालको डर : सत्ता गठबन्धन फुटाउन एमसीसी अघि सारियो

माधव नेपालको डर : सत्ता गठबन्धन फुटाउन एमसीसी अघि सारियो

नेपालखबर
असोज १, २०७८ शुक्रबार १२:१३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विश्वकर्मा बाबाको पूजा गर्ने दिन पार्टी केन्द्रीय कार्यालय उद्घाटन गरेका छन्। 

नयाँबानेश्वरको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय उद्घाटनका क्रममा अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे बोलेका हुन्। 

अध्यक्ष नेपालले एमसीसी परियोजना यथास्थितिमा पारित गर्ने पक्षमा नभएको प्रष्ट पारेका छन्। ‘एमसीसीका लागि कुनै पनि 'सेक्युरिटी अम्ब्रेला'मा बस्ने शर्त मान्दैनौँ', नेपालले थपे, ‘एमसीसी अघि बढाउँदा कुनै 'सेक्युरिटी अम्ब्रेला'मा बस्नुपर्ने शर्त रहेछ भने हामीलाई मान्य हुँदैन।'

नेपालमा एमसीसीलाई इन्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गत रहेको चर्चा भइरहेका बेला उनले आलोचना गरेका हुन्। एमसीसीका लागि विगतका मन्त्रीहरुले सीमा नाघेर नहुने ठाउँमा हस्ताक्षर गराएको भन्दै नेपालले आलोचना गरेका छन्। 

 उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्ने भएकाले सुरक्षा सर्तसहितको एमसीसी स्वीकार्य नहुने बताए। उनले एमसीसीको नाममा गठबन्धन फुटाउने खेल पनि भइरहेको बताएका छन्।  

एमसीसीलाई लिएर गठबन्धन भत्काउने खेलहरु भइरहेका छन्', उनले भने। अध्यक्ष नेपालले एमसीसी अस्त्र बनेर गठबन्धनविरुद्ध आएको कुरा घुमाउरो भाषामा अभिव्यक्त गरेका छन्। 

एमसीसीमा बौद्धिक सम्पत्तिमा नेपालको अधिकार, हाइटेन्सन लाइन बन्ने जग्गा नेपालको स्वामित्वमा रहने, एमसीसी परियोजनाको लेखा परीक्षणबारे विवाद छ। नेपाल यी विषय संशोधन गर्न राखेको सर्तलाई अमेरिकाले नकारिदिएको छ। यही कारण माओवादी केन्द्र र समाजवादी एमसीसी पास गर्ने पक्षमा छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad