राजनीति


प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ६:१७,

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्।

असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उनी बिहीबार बिहान साढे ११.४५ बजे कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गरेका हुन्।

त्यस अवसरमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

 असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलन शुक्रबारदेखि सुरु हुँदैछ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ओलीले शनिबार सम्मेलनलाई संबोधन गर्नेछन्।

अजरबैजानको बाकुमा नाम सम्मेलनको साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन्। मुडुरो नामको वर्तमान अध्यक्ष हुन्।

ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग पनि भेटघाट गर्नेछन्।

भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन्। भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

असंलग्न राष्ट्रहरुको समूहमा १ सय २० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन्।

दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad