राजनीति


माधव नेपालको वडा सदस्य जित्ने पनि हैसियत छैन : केपी ओली

माधव नेपालको वडा सदस्य जित्ने पनि हैसियत छैन : केपी ओली

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १६:३२, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वडा सदस्यको चुनाव पनि जित्न नसक्न बताएका छन्।

गृहजिल्ला झापाको बिर्तामोडमा मंगलबार भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले जनादेशविपरीत पार्टी फुटाउँदै हिँडे नेता नेपाललाई भोट दिन नहुने पनि जिकिर गरे।

'माधव नेपालले वडाअध्यक्षको कुरा छाडौं, वडा सदस्यको चुनाव पनि जित्न सक्दैनन्', उनले भने, 'माधव नेपाललाई जनताले किन भोट हाल्ने? केका लागि हाल्ने, एमाले फुटाएकाले? एमाले चोइट्याएकाले? के कारण जनताले नेपालाई भोट दिने?'

अध्यक्ष ओलीले माधव जस्तै हैसियत प्रचण्डको पनि रहेको टिप्पणी गरे। 'प्रचण्डले वडामा पनि जित्न हम्मे पर्ने भनेछन्, मलाई खुसी लागेको छ', उनले भने, 'प्रचण्डजीले चुनाव पहिले नै कुरा बुझ्नु भएछ । यो सुनेर खुसी लागेको छ।'

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । 

‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन।'

प्रचण्डले एमालेबाट एक चोइटो मात्रै लगेर जान सकेको ओलीले बताए। 'प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो', उनले भने, 'माओवादी केन्द्र होइन। प्रचण्डको मोहजालमा नपर्नुस्। फर्किनुस्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .