राजनीति


प्रधानमन्त्रीले गरे भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

प्रधानमन्त्रीले गरे भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ९:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गरेका छन्।

 बुधबार सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्रा्ष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विद्युत योजना, भेरी (बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधामन्त्री ओलीले भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरिरहेको जानकारी दिए।

आयोजनाको काम भनेकै समयमा नसकिएको भन्दै चिन्ता जनाइरहेका बेला प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाट आयोजना अनुगमन गर्दे भनेको समयमै काम सक्न निर्देशन दिएका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad