समाज


डीभी चिठाको लागि राहदानी बनाउनेको भीड ह्वात्तै बढ्यो (फोटो/भिडियो)

डीभी चिठाको लागि राहदानी बनाउनेको भीड ह्वात्तै बढ्यो (फोटो/भिडियो)

प्रविन कोइराला
कात्तिक ६, २०७६ बुधबार ९:१२,

अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसा (डीभी) चिठा कार्यक्रमका लागि आवेदन खुला गरिसकेको छ। डीभी चिठा कार्यक्रम कात्तिक १९ मा बन्द हुने अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यस वर्ष आवेदन फारम भर्दा राहदानी नम्बर, राहदानीको म्याद अनिवार्य गरिएको दूतावासले जनाएपछि नेपालमा डीभी चिठा भर्नकै लागि राहदानी बनाउनेको भीड लाग्न थालेको छ। पहिलेका वर्षहरुमा प्लस टु पास गरेकाले डीभी भर्नसक्थे। तर यसपटक अमेरिकाले राहदानी पनि अनिवार्य गरेपछि नेपाली युवायुवतीहरु राहदानी बनाउन लागिपरेका हुन्।

भिडियो

परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका अनुसार असोज १५ गतेबाट डीभी चिठाको आवेदन खुलेपछि दैनिक दुई हजारका दरले युवायुवतीहरु राहदानी बनाउन आएका छन्। आइतबार मात्र २७ सयभन्दा बढीले राहदानीका लागि अनलाइन आवेदन भरेको विभागले जनाएको छ। त्यसदिन राहदानी विभागले तीन करोड राजस्व उठाएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बताए।

उनका अनुसार दशैँ अगाडिसम्म पाँचदेखि नौ सयको दरले राहदानीका लागि अनलाइन आवेदन भरिन्थ्यो। यतिबेला त्यस संख्या पहिलेभन्दा तीन गुणाले बढेको उनको भनाइ रहेको छ। खड्काले डीभी चिठासँगै मलेसियामा रोजगारी खोलिनु पनि राहदानी बनाउनको संख्या बढ्नुको कारण भएको नेपालखबरलाई जानकारी दिए।

614A1966.jpg

614A1968.jpg

614A2000.jpg

614A1993.jpg

614A2021.jpg

614A2054.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad