राजनीति


नेपाली सेनालाई चिनियाँ सेनाको साढे दुई अर्ब रुपैयाँ बराबरको सहयोग

नेपाली सेनालाई चिनियाँ सेनाको साढे दुई अर्ब रुपैयाँ बराबरको सहयोग

नेपालखबर
असार ५, २०७६ बिहिबार ५:५,

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई साढे दुई अर्ब (१ सय ५० मिलियन युआन) बराबरको सैनिक सहयोग दिने भएको छ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले यस सम्बन्धी प्रोटोकलमा बुधबार हस्ताक्षर गरेका छन्।

चीनले दिने सैनिक सहायतामा आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने पुल, बम डिस्पोज गर्न प्रयोग हुने सामाग्री र उद्दार सामाग्री हुनेछन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक सहयोग अन्तर्गत विभिन्न सैन्य सवारीसाधन समेत सेनाले प्राप्त गर्नेछ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति थापाले बुधबार नै चिनियाँ समकक्षी जनरल लु जिओचिङसँग पनि भेट गरेका छन्।

जनरल लु चिनियाँ जनमुक्ति सेनाको सेना प्रमुख हुनुका साथै चीनको केन्द्रीय सैन्य आयोगका सदस्य पनि रहेका छन्।

त्यसअघि बेइजिङमा प्रधानसेनापति थापालाई चिनियाँ जनमुक्ति सेनाले सलामी अर्पण गरेको थियो भने थापाले जनमुक्ति सेनाका विभिन्न सैनिक संरचनाहरुको अवलोकन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad