मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले किशोरीलाई जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए।
परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए। आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीय किशोरीले हल्ला गरेकी थिइन्।
त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतान पक्राउ परेका हुन्। स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय हेटौँडा लगिएको छ।
माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने बताइन्।
Shares

प्रतिक्रिया