राजनीति


भाजपा नेता भेट्ने कुन कुन नेताले तुइन खुस्काएको कुरा उठाए?

भाजपा नेता भेट्ने कुन कुन नेताले तुइन खुस्काएको कुरा उठाए?

नेपालखबर
भदौ १३, २०७८ आइतबार ११:५६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग नेपाली नेताहरुको भेटलाई कूटनीतिक मर्यादा विपरीत भनेका छन्। 

साताअघि चार दिन लामो नेपाल बसाइका क्रममा सत्ता र प्रतिपक्ष दलका कयौँ नेतासँग भेटेर चौथाइवाले भारत फर्किसकेका छन्।
यस्तोमा नेता रावलले चौथाइवालेसँगको भेटका क्रममा नेपाली नेताहरुले महाकालीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेको प्रकरणबारे केही बोल्न नसकेको भन्दै कटाक्ष गरेका छन्। 

नेता रावलले महाकालीमा तुइन खुस्काएर नेपाली युवा जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीमाथि कारबाही गर्ने विषय कुन कुन नेताले उठाए भन्दै प्रश्न पनि उठाएका छन्। 

'कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसँग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही गर्ने विषय उठाएछन्?', उनले सोधेका छन्, 'राष्ट्रिय हितका के कुरा गरेछन्? जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि?'

जयसिंह सवार तुइन भारतीय सुरक्षाकर्मीले काटेर ज्यान लिएको एक महिना बितिसक्दा पनि सरकारले भारतसँग कारबाहीको कुनै पहल गर्न सकेको छैन।

घटना छानबिनका लागि गठित समितिको प्रतिवेदन नै सार्वजनिक नगरि मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेर सरकारले घटना सामसुम गर्न लागिरहेका बेला रावलले यो प्रश्न उठाएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad