राजनीति


वाईसीएल अध्यक्षबाट हट्दै दीपशिखा, देवकोटा आउने सम्भावना

वाईसीएल अध्यक्षबाट हट्दै दीपशिखा, देवकोटा आउने सम्भावना

नेपालखबर
भदौ १३, २०७८ आइतबार ११:१६, काठमाडौँ

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का अध्यक्ष रामप्रसाद सापकोटा  ‘दीपशिखा’ यो पदबाट हट्ने भएका छन्। 

नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि काठमाडौंमा वाईसीएलको राष्ट्रिय सम्मेलन जारी छ। यसै क्रममा उनी वाईसीएलको अध्यक्ष पदबाट बिदा हुने भएका हुन्।

माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा वाईसीएल र विशेष जिल्ला इन्चार्जको जिम्मेवारी पाएसँगै दीपशिखाले वाईसीएलको नेतृत्व छाड्ने भएका हुन्।

वाईसीएलको जारी सम्मेलनमा तीन जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। सुमन देवकोटा, सुबोध श्रीपाइली र यशोदा न्यौपानेले वाईसीएलको अध्यक्ष पदमा दाबी गरेका हुन्। 

तर यीमध्ये यसअघि उपाध्यक्ष रहेका देवकोटाको सम्भावना बढी रहेको स्रोतले जनाएको छ। 

२०७४ भदौमा भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष भएका थिए भने श्रीपाइली महासचिवमा चयन भएका थिए।

यस्तै महासचिव पदका लागि चार जना आकांक्षी देखिएका छन्। कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले महासचिव बन्ने इच्छा राखेका हुन्। 

वाईसीएलको नयाँ नेतृत्व चयन गर्न यसपटक कोरोना महामारीका कारण चुनाव नगरिने भएको छ।

सकेसम्म संगठनभित्रै सहमति गरेर नयाँ नेतृत्व चयन गर्ने नसके पार्टीले सहयोग गर्ने वाईसीएल नेताले बताएका छन्। 

आयोजकका अनुसार सम्मेलन आजै सकिने सम्भावना छ। 

एमाले र माअ‍ोवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि निष्क्रिय बनेको वाईसीएल सर्वाेच्च अदालतको फैसलाले पहिलेकै पार्टी पुनःस्थापना गरेपछि फेरि सक्रिय हुन थालेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad