खेल


लिभरपुल र चेल्सीको बराबरी

लिभरपुल र चेल्सीको बराबरी

नेपालखबर
भदौ १३, २०७८ आइतबार ८:३८, काठमाडौँ

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले १-१ गोलको बराबरीमा खेलेका छन्। 

खेलको २२औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेलमा बराबरी गरेका हुन। 

बराबरीसँगै लिभरपुलले ३ खेलबाट ७ अंक जोडेको छ। लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ।

चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

राति नै भएको अन्य खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १-१, न्युक्यासल र साउथह्याम्पटन, न्युक्यासल र साउथह्याम्पटनले २-२ को बराबरी खेले भने  ब्राइटन एभर्टनसँग २-०  ले पराजित भयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad