ad ad

राजनीति


एकताका लागि ओलीलाई अल्टिमेटम दिएका नेताहरूलाई बाँस्कोटाको जवाफः जानेलाई बाटो खुला छ!

एकताका लागि ओलीलाई अल्टिमेटम दिएका नेताहरूलाई बाँस्कोटाको जवाफः जानेलाई बाटो खुला छ!

नेपालखबर
भदौ ५, २०७८ शनिबार २२:२२, काठमाडौँ

आफू पहिले रहेको माधव नेपाल समूहले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेको भए पनि भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताले अझै एमालेमै एकता खोजिरहेका छन्। 

त्यसका लागि उनीहरूले १० बुँदे सहमति पालनाका लागि अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबारसम्मको समयसीमा दिएका छन्। अन्यथा आफूहरू दल रोज्न स्वतन्त्र हुने चेतावनी दिएका छन्। त्यो भनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा पनि जान सकिने संकेत हो। 

यसैलाई संकेत गर्दै ओलीका अति निकट मानिने पूर्वमन्त्रीसमेत रहेका नेता बाँस्काटाले शनिबार सामाजिक सञ्जालमार्फत जानेहरूलाई बाटो खुला रहेको जवाफ दिएका हुन्। बाँस्कोटाले निकै घुमाउरो र कूटनीतिक ढंगले व्यंग्यात्मक तर गम्भीर टिप्पणी गरेका छन्। 

‘मंगलबारे समयको रोइलो मैले बुझिनँ। बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो। काग र कोइली कालै देखिन्छन् र चलाख पनि,’ उनले लेखेका छन्, ‘तर खास फरक गृष्मयाममा देखिन्छ। र, सबैलाई थाहा छ– मंगलबारपछि बुधबार आउँछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .