ad ad

समाज


नेवा: प्रेस काउन्सिल गठन गर्न मुख्यमन्त्री शाक्यसँग माग

नेवा: प्रेस काउन्सिल गठन गर्न मुख्यमन्त्री शाक्यसँग माग

नेपालखबर
भदौ ५, २०७८ शनिबार २२:१८, काठमाडौँ

काठमाडौं : नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना दिएको छ। आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको तर्फबाट बधाई सहित शुभकामना व्यक्त गरिएको हो।

त्यसक्रममा दबु येँ जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंले मुख्यमन्त्री शाक्यलाई अभिन्नदन पत्र समेत हस्तान्तरण गरेका थिए। 

दबुले मुख्यमन्त्री शाक्यलाई बागमती प्रदेशमा नेवा: हरुको जनसंख्या धेरै रहेको र संचार क्षेत्रमा पनि उत्तिकै नेवा: पत्रकारहरु सक्रिय रहेको जानकारी दिएको थियो। 

दबुले थप नेवा: पत्रकारको विकासका लागि प्रदेशस्तीय नेवा: प्रेस काउन्सिल गठन गर्नुपर्ने माग समेत राख्नेको छ। उक्त काउन्सिलबाट नेवा: पत्रकारहरुको सिप विकास, तालिमका साथै नेवा: मिडियाको अनुगमन सहज हुने सुझाप दबु येँ जिल्लाले मुख्यमन्त्री शाक्यलाई दिएको छ। 

दबु येँ जिल्लाले बागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल भाषालाई पनि सम्पर्क भाषाका रुपमा मान्यता दिन समेत माग राखेको छ। 

यस्तै, दबु येँ जिल्लाले नेपालभाषा सहित अन्य आदिवासी जनजातीको भाषाबाट संचालित मिडियाहरुलाई प्रदेश सरकारले अनुदान दिएर स्थानीय भाषाको माध्यमबाट हुने संचारलाई थप विस्तार गर्नुपर्ने सुझाव दिएको छ।

 नेवा: सम्पदा र सभ्यताको जगेर्णाका लागि परेका नेवा पत्रकारहरुको सिप र दक्षता विकासका लागि अक्षकोष स्थापनाका लागि पनि दबुले जोड दिएको छ।  

काठमाडौं महानगरपालिमा नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू भइसकेको भन्दै दबुले प्रदेशका अन्य जिल्लामा पनि त्यहाँको स्थानीय भाषामा पठनपाठन हुने वातावरण सिर्जना गर्नुपर्ने सुझाव समेत दिएको छ। यस्तै, स्वनिगमा कक्षा ९ देखि १२ सम्म नेपाल भाषा पनि पठनपाठन हुने व्यवस्था गर्न माग गरेको छ। 

दबुको पत्र बुझ्दै मुख्यमन्त्री शाक्यले संचार क्षेत्रको स्थान महत्वपूर्ण हुने भन्दै मातृभाषाको पत्रकारिता विकासका लागि पनि प्रदेश सरकारले जोड दिने बताइन्। दबुले राखेका माग र सुझावबारे अध्ययन गरेर निर्णय लिने शाक्यले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .