ad ad

राजनीति


कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था सामान्य

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था सामान्य

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १५:१२, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतको मुम्बईमा उपचाररत नेता प्रदीप गिरिलाई भेटेका छन्।

उनले मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेता गिरिलाई शुक्रबार बिहान भेटेका हुन्।

निधिले प्रदेश २ का उर्जामन्त्री ओमप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेका साथमा नेता गिरिलाई भेटेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

दाहालकाअनुसार गिरिको घाँटीको देब्रे भागमा सानो ट्युमर देखिएको छ।

‘घाँटीको देब्रे पट्टी सानो ट्युमर देखिएको छ। डरलाग्दो अवस्था छैन,’ उपसभापति निधिको भनाइ उद्धृत गर्दै उनले नेपालखबरसँग भने, ‘केही टेस्टहरू गरिएको छ। रिपोर्ट आएपछि कुन विधिबाट उपचार गर्ने भन्ने बारेमा डाक्टरहरूसँग परामर्श लिन्छौं।’

नेता गिरि एक साता अगाडि स्वास्थ्योपचारका लागि मुम्बई गएका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपसभापति निधि शुक्रबार मुम्बई गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .