माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाउने निर्णयमा असहमति राखेका नौ नेताहरुले अझै पनि एकताको सम्भावना रहेको दाबी गरेका छन्।
नयाँ पार्टी बनाउने नेपालको निर्णयलाई साथ नदिइ बसेका ती नौ नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय सच्याउनुपर्ने अडान लिएका छन्। अर्कातिर नेपालले नयाँ पार्टी खोल्ने निर्णय फिर्ता लिनुपर्ने निष्कर्ष उनीहरुले निकालेका हुन्।
'पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौं', उनीहरुले भनेका छन्,
'पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही लगायत सबै प्रकारका कारबाही रद्द गर्न हामी हार्दिक आग्रह गर्दछौं।'
उनीहरुले नयाँ पार्टी गठन प्रक्रियाबाट नेता नेपाल पनि पछि हट्नुपर्ने अडान लिएका छन्। उनीहरुले १० बुँदे सहमतिलाई अक्षरश: पालना गरेर अघि बढ्न पनि दुवै नेतालाई आग्रह गरेका छन्।
'पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकोले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरूले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताको लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौं', उनीहरुले भनेका छन्, 'पार्टीमा उत्पन्न संकटको बेलामा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई सहमति कार्यान्वयन, पार्टीको एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य, सुझबुझ र सक्रियताका साथ सकारात्मक भूमिका निर्वाह गर्न हामी आव्हान गर्दछौं।'
नौ नेताले पार्टी फुटाउनकै लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको पनि विरोध गरेका छन्। यो अध्यादेशले नेपालको लोकतान्त्रिक प्रणाली नै अस्तव्यस्त बनाउने उनीहरुको तर्क छ।
'दल विभाजनसम्बन्धी ऐनमा ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत संसदका सदस्य रहनुपर्ने व्यवस्थालाई वर्तमान देउवा सरकारले संशोधन गरी २० प्रतिशत केन्द्रीय
उनीहरुले यो अध्यादेशले एमालेमा मात्र संकट नआई सबै राजनीतिक दलमा समेत प्रभाव पार्ने र देश राजनीति अनिश्चयको दलदलमा फस्ने खतरा
भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन्।
यसरी वक्तव्य निकाल्नेहरूमा एमाले उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन्।


Shares

प्रतिक्रिया