नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ नेतालाई कारबाही गरेको पत्र पाएपछि सभामुख अग्नि सापकोटाले छलफल थालेका छन्।
मंगलबार अपराह्न संसद सचिवालयमा एमालेका १४ नेतालाई सांसद र साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पत्र दर्ता भएको थियो।
बुधबार सभामुख सापकोटालाई संसद सचिवालयका महासचिव डा. भरत गौतमले सो पत्रबारे जानकारी गराएका थिए।
‘सचिवालयका महासचिवबाट जानकारी प्राप्त गरेपछि सभामुखले अध्ययन र छलफल परामर्श थाल्नुभएको छ’, सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले भने, ‘यसअघिका सर्वाेच्च अदालतका फैसला, नजिर पनि अध्ययन हुन्छ।’
कारबाही रोक्न माग गर्दै माधव नेपालसहितका १४ नेताले कारबाही अवैधानिक रहेकोले रोक्न माग गर्दै आजै संसद सचिवालयमा अर्काे पत्र पनि दर्ता गराएका छन्।
सरकारले दल विभाजन गर्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि ओलीले १४ नेतालाई साउन २५ गतेकै मितिमा कारबाही गरिएको भन्दै संसद सचिवालय र निर्वाचन आयोगमा पत्र पठाएको थियो।
Shares

प्रतिक्रिया