ad ad

कारोबार


हुवावेद्वारा दिगो मोबिलिटीको लागि एपीएसी रेलवे डिजिटाइजेसनलाई तीव्रता

हुवावेद्वारा दिगो मोबिलिटीको लागि एपीएसी रेलवे डिजिटाइजेसनलाई तीव्रता

नेपालखबर
भदौ २, २०७८ बुधबार १५:५, काठमाडौँ

‘स्मार्ट रेल, बेटर फ्युचर मोबिलिटी’ नारामा हुवावे एसिया–प्रशान्त रेलवे फोरम २०२१ समापन भएको छ। 

शुक्रबार सम्पन्न फोरममा सहभागीहरूले सहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्न इनोभेसनको अन्वेषण, जसमा विशेषतः ड्राइभरलेस सञ्चालन र कार्यप्रवाह व्यवस्थापनको माध्यमबाट गरिएको थियो।  

यस कार्यक्रमले एपीएसी क्षेत्रभरबाट १३ सयभन्दा बढी रेलवे उद्योगका ग्राहक, साझेदार, विशेषज्ञहरु र मिडिया आकर्षित गरेको थियो। 

कोर हुवावे रेलवे उद्योग ग्राहकहरु र साझेदारहरु हङकङ मास ट्रान्जिट रेलवे कोपर्नेरेसन (एमटीआर), सिंगापुर मास रैपिड ट्रान्जिट लिमिटेड (एसएमआरटी) र प्रोफेसनल सर्भिस फर्म अरुप ग्रुप लिमिटेडसहित – एक प्यानल छलफलमा भाग लिएका थिए। 

जहाँ विशेष गरी ड्राइभरलेस सञ्चालन र कार्यप्रवाह व्यवस्थापनको माध्यमबाट सहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्ने आफ्नो महत्वपूर्ण अनुभव सेयर गरिएको थियो। 

कार्यक्रमको प्यानल सत्रमा, डिजिटल रूपान्तरण र व्यापार इनोभेसन, एसएमआरटी  कोर्पोरेसन लिमिटेडका प्रमुख क्वेक हेन चीले सिंगापुरमा धेरैजसो मानिसहरुले आफ्नो समुदायको जीवन शैलीलाई ग्रीनर यातायातका माध्यमहरुमा ढालिसकेको र आफ्नो सामाजिक जिम्मेवारीलाई सहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको आफ्ना अवलोकन प्रष्ट पारे। 

‘मलाई लाग्छ कि प्रविधि तयार छ, एउटा चुनौती यो हो कि हामी कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरुलाई रूपान्तरण गर्छौं’, उनले भने।  

हुवावे एपीएसी इन्टरप्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतीहरुलाई सम्बोधन गर्दै यस्तो चुनौतीहरुलाई सबै उद्योगहरुको लागि अवसरमा रुपान्तरण गरिएको बताए।  

‘ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा हुवावेले सिंगापुरको भूमि यातायात प्राधिकरण (एलटीए), हंगकंग एमटीआर, टर्की टीसीडीडी र जर्मनीको ड्च बान (डीबी)जस्ता ग्राहकहरुलाई परम्परागत पूर्वाधारसँग नयाँ प्रविधि एकीकृत गरी डिजिटाइजेसनको गति बढाउनमा मद्दत गर्दछ। हामीलाई विश्वास छ कि भविष्यमा रेलवे डिजिटलाइजेशनले राम्रो मोबिलिटीको नेतृत्व गर्नेछ’, वांगले भने।  

ग्लोबल रेल बिजनेस, अरुपका निर्देशक, टीसी च्युले डिजिटलीकरणमा तीन प्रमुख प्रवृत्तिहरुबारे उल्लेख गर्दै डाटा, एनालिटिक्स र सञ्चारबारे बताए। 

शेन्जेन मेट्रोको मेट्रो स्टेशन डिजिटल इनोभेशन स्टुडियोका निर्देशक चांगक्वान लुओले यसको डिजिटलकरण रणनीतिको पृष्ठभूमिको व्याख्या गरे। 

यो यातायातको सुदृढीकरण र उच्च गुणस्तरीय विकासको सुनिश्चित गर्न, डिजिटल इन्टेलिजेन्ट सक्षमतालाई ध्यान दिएर, परिचालन उत्कृष्टता र शहरहरुमा सेवा प्रदान गर्नको लागि व्यापक राष्ट्रिय आवश्यकताहरुलाई पूरा गर्ने लक्ष्यमा निर्भर रहेको उनको भनाइ थियो। 

यसको प्रदर्शनी हलको एक भर्चुअल भ्रमणमा हुवावेले कसरी आईसीटीको नयाँ इनोभेशन रेल उद्योगमा तैनाथ गरिएको छ, जसले हुवावे स्मार्टलि अनइन्टरप्टिबल पावर सप्लाईदेखि ओप्टिक्स सोलुसन र हुवावे एरइन्जिन वाइ–फाइ ६ सम्म डिजिटल रूपान्तरण सक्षम गर्दछ। 

हुवावे अप्टिक्सद्वारा प्रदान गरिएको उच्च ब्यान्डविड्थले क्लाउड एप्लिकेसनहरुको बृद्धिलाई समर्थन गर्दछ, जस्तै सरलीकृत अपरेसन र मेन्टिनेन्स सँगै रियल–टाईम पर्फोर्मन्स मोनिटोरिङ्ग र इन्टेलिजेन्ट फल्ट डिटेक्सन सबैले प्याकेट स्विच नेटवर्कको प्रबंधनलाई सहयोग गर्दछ । 

अत्याधिक विश्वसनीय डिजाइन र इनपुट भोल्टेजको लागि व्यापक कवरेजको साथ हुवावे स्मार्टलि यूपीएसले पारम्परिक लीड–एसिड ब्याट्री सोलुसनको कम से कम दोब्बर ब्याट्रि लाइफ प्रदान गर्दछ। 

यो कठोर अपिरेटिंग वातावरणमा पनि तैनात गर्न सकिन्छ जहाँ मुख्य पावर सप्लाई या त अस्थिर छ या पूरै अभाव छ, जसले एक एकीकृत प्लेटफर्म प्रदान गर्दै धेरै ऊर्जा स्रोतहरुको उपयोगलाई समर्थन गरी प्रभावी ढंगले ग्राहक लगानी बचाउने हुवावेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .