राजनीति


अफगानिस्तान छाड्न चाहने मानिस विमानस्थलसम्म निर्धक्कसँग जान सक्छन्ः तालिबान

अफगानिस्तान छाड्न चाहने मानिस विमानस्थलसम्म निर्धक्कसँग जान सक्छन्ः तालिबान

नेपालखबर
भदौ २, २०७८ बुधबार ११:१९, काठमाडौँ

तालिबानले अफगानिस्तानबाट बाहिरन चाहने मानिस राजधानी काबुलस्थित विमानस्थलसम्म बिनाडर जाने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको बताएको अमेरिकाले जनाएको छ। 

समाचार एजेन्सी एएफपीका अनुसार ह्वाइट हाउस (अमेरिकाको राष्ट्रपतिको कार्यालय) ले मंगलबार तालिबानले बिनाडर नागरिक काबुलको विमानस्थलसम्म जान सक्ने वचन दिएको बताएको हो। 
अमेरिका सरकारका अनुसार अफगानिस्तानमा अहिले ११ हजार जना अमेरिकी नागरिक छन्। 

अमेरिकी अधिकारीले काबुलको हामिद कारजाई विमानस्थलमा हमला नहुने र अफगानिस्तान छाड्न चाहने मानिस  सुरक्षित रूपमा विमानस्थल जाने वातावरण सुनिश्चित गर्न तालिबान कमान्डहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। 

तर यसबीच काबुलको विमानस्थलमा प्रवेश गर्ने कोसिस गरिरहेका अफगान नागरिकलाई तालिबान लडाकुबाट हिंसा भइरहेको खबर पनि आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad