राजनीति


कस्तो बन्ला नेपालको नयाँ पार्टी?

कस्तो बन्ला नेपालको नयाँ पार्टी?

नेपालखबर
भदौ २, २०७८ बुधबार ११:११, काठमाडौँ

नेकपा एमालेको माधवकुमार नेपाल समूहले दल विभाजनका लागि सबै तयारी पूरा भएको जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नेबित्तिकै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न जाने तयारी गरेको नेपाल समूहले नयाँ पार्टीको स्वरूपलाई अन्तिम रूप दिन विहान ११ बजे आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बानेश्वरमा बस्ने बैठकमा दलको प्रस्तावित सांगठनिक संरचनाबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराउने एक नेताले बताए।

पार्टी अध्यक्ष माधवकुमार नेपाल रहने दलको नाम भने चार–पाँचवटा प्रस्ताव भएको उनको भनाइ छ। ती नेताका अनुसार नामको अगाडि जे भए पनि समाजवादी भने जोड्ने तयारी नेताहरूले गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका अरू कम्युनिष्ट दलहरूको ध्रुवीकरण गर्ने र समाजवादी केन्द्रका रुपमा अघि बढाउने तयारी भएकाले नेपाल अध्यक्ष हुने दलको नाममा समाजवादी राखिने ती नेताले बताए।

उनका अनुसार अहिले ६० जना जतिको केन्द्रीय कमिटी बन्नेछ भने ३० प्रतिशत महिला सदस्य हुनेछन्।

नेपालको अध्यक्षतामा खुल्न लागेको पार्टीको दस्ताबेज तयार पार्न सक्रिय स्थायी कमिटी सदस्य बेदुराम भुसालले सबै तयारी पुरा भएकाले आफूहरु अध्यादेशको पर्खाइमा रहेको बताए।

‘हामीले सबै तयारी सकिसकेका छौँ,’ भुसालले नेपालखबरसँग भने,‘अध्यादेश आउनेबित्तिकै दल दर्ताका लागि निर्वाचन आयोग जान्छौँ।’

यसअघि मंगलबार बसेको बैठकमा आफू नयाँ पाटी गठनका लागि अघि बढिसकेको र साथ दिन चाहनेहरुलाई सँगै हिड्न आग्रह गरेका थिए।

मंगलबार साँझसम्म दल विभाजन गर्ने पक्षमा २४ सांसद र ५३ केन्द्रीय कमिटी सदस्यहरूले हस्ताक्षर गरेको नेपाल पक्षको दावी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad