ad ad

राजनीति


अमेरिकी सेना अफगानिस्तान पठाएर इतिहासकै गलत काम गरिएछः ट्रम्प (भिडिओ)

अमेरिकी सेना अफगानिस्तान पठाएर इतिहासकै गलत काम गरिएछः ट्रम्प (भिडिओ)

नेपालखबर
भदौ २, २०७८ बुधबार १०:२६, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान जाने अमेरिकाको निर्णय इतिहासकै सबैभन्दा गलत निर्णय भएको बताएका छन्। 

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले अमेरिकी सेना विश्वकै शक्तिशाली सेना भएको तर अहिले अफगानिस्तानका कारण बदनाम भएको ट्रम्पले बताएका हुन्। 

अमेरिकी सेनाको सहयोगका बाबजुद केही दिनअघि मात्र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको छ। जसका कारण यतिबेला अमेरिका आलोचना तथा खिसीटिउरीको पात्र बनिरहेको छ। 

अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मध्यपूर्वमा जाने निर्णय हाम्रा लागि अहिलेसम्मकै खराब निर्णय भएको छ। जसका कारण हामीले करोडौं डलरको क्षति भोग्नु मात्र परेन लाखौं मानिसको ज्यान पनि गयो।’

अन्तर्वार्तामा उनले अफगानिस्तानको घटना देखेर चीन हाँसेको र आफ्नो देश (अमेरिका) को इतिहासमै सबैभन्दा बढी बेइज्जत भएको बताएका छन्। 

ट्रम्पले फक्स न्युजलाई अन्तर्वार्ता दिँदै गरेको भिडिओ तल–

 

 

तालिबानलाई बाइडेनको चेतावनीः अमेरिकी सैनिकलाई छोयौ मात्र भने नराम्रो हुनेछ!

तालिबानले अफगानिस्तान कब्जा गर्नुमा त्यहीँका भगुवा नेता जिम्मेवारः बाइडेन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .