ad ad

राजनीति


तालिबानले अफगानिस्तान कब्जा गर्नुमा त्यहीँका भगुवा नेता जिम्मेवारः बाइडेन

तालिबानले अफगानिस्तान कब्जा गर्नुमा त्यहीँका भगुवा नेता जिम्मेवारः बाइडेन

अमेरिकाका राष्ट्रपति जो बाइडेन


नेपालखबर
भदौ १, २०७८ मंगलबार ६:२३, काठमाडौँ

विद्रोही संगठन तालिबानले अफगानिस्तान कब्जा गर्नुमा त्यहीँका भगुवा नेता जिम्मेवार भएको अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन्। 

अफगान सेनालाई सहयोग गरिरहेको अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गराउने निर्णय गर्नासाथ तालिबानले आफ्नो आक्रमण बढाउँदै देश नियन्त्रणमा सफल भएको भनेर आफ्नो आलोचना भइरहेका बेला राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले यसमा आफूहरूको दोष नभएको दाबी गरेका हुन्।  

एकपछि अर्काे प्रान्तीय राजधानी कब्जा गर्दै गत आइतबार तालिबान केन्द्रीय राजधानी काबुल पनि प्रवेश गरेपछि त्यही दिन अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपति देश छाडेर भागेका छन्। 

यसैलाई संकेत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानको अवस्था बिग्रिनुमा तिनै नेता जिम्मेवार भएको टिप्पणी गरेका हुन्। 

बाइडेनले अफगान सेनालाई राम्रो तालिम तथा हतियार दिइएको तर उनीहरूले लड्न नपाएको टिप्पणी गरेका छन्। कतै कतै लडे पनि त्यो प्रभावकारी हुन नसकेको उनको भनाइ छ। 

अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘अफगानिस्तानका नेता देशको हितका लागि एकताबद्ध हुन सक्दैनन्।’

बीबीसीका अनुसार अफगान जनतालाई आफूहरूको सहयोग भने जारी रहने पनि बाइडनेले बताएका छन्। 

यो पनिः 

आखिर तालिबान कस्तो समूह हो? यस्तो छ यसको नालीबेली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .