राजनीति


प्रधानमन्त्री देउवा र डा. केसीबीच सहमति

प्रधानमन्त्री देउवा र डा. केसीबीच सहमति

नेपालखबर
भदौ १, २०७८ मंगलबार १९:३९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ चिकित्सक डा. गोविन्द केसीबीच सहमति भएको छ। 

विभिन्न माग राखी भदौ ३ गतेदेखि  अनसन थाल्ने तयारी गरेका केसीका माग सम्बोधन गर्न  प्रधानमन्त्री देउवा सहमत भएका हुन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएपछि उनले अनसन स्थगन गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्ता छन् सहमतिका बुँदा
१) सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने। स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

२)बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने।

३) पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ  प्रक्रिया अघि बढाउने।

४) प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने। चिकित्सा शिक्षामा संशोधन लगायत बाँकी मागहरू तथा यस अगाडि नेपाल सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad