राजनीति


दल फुटाउने अध्यादेश देउवा सरकारको प्रतिगामी निर्णय : गोकर्ण विष्ट

दल फुटाउने अध्यादेश देउवा सरकारको प्रतिगामी निर्णय : गोकर्ण विष्ट

नेपालखबर
भदौ १, २०७८ मंगलबार १४:५०, काठमाडौँ

नेकपा एमालेका सचिव गोकर्ण विष्टले दल फुटाउने खुकुलो प्रावधानसहित मंगलबार ल्याइएको अध्यादेशको विरोध गरेका छन्।

एमाले एकता बचाउन सक्रिय उनले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यमादेशलाई लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत भनेका छन्।

नेता विष्टले यो अध्यादेशले देशमा राजनीतिक अस्थिरता, अन्योलता र अराजकता ल्याउने पनि उल्लेख गरेका छन्। 

'लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ', उनले भनेका छन्, 'यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ।'

नेता विष्टले देउवा सरकारको यो प्रतिगामी कदमलाई सबैले विरोध गरेर फिर्ता लिन बाध्य पार्नुपर्ने पनि बताएका छन्। 

'यो अध्यादेशले राजनीतिक अस्थिरता, अन्योलता र अराजकता सृजना गर्नेछ। दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ', उनले भनेका छन्, 'अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ। यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ। फिर्ता लिन बाध्य पारौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad