उत्तरी सिरियाको सीमामा प्रस्तावित सुरक्षित क्षेत्र ‘सेफ जोन’बाट कुर्द लडाकु नहटे उनीहरुमाथि टर्कीले भिषण आक्रमण थाल्ने एर्दोआनले बताएका हुन्।
शनिबार टर्की र कुर्द लडाकु दुवैले संघर्ष विराको उल्लंघन गरेको आरोप लगाएका थिए।
एर्दोआनले अगामी हप्ता रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट्दै छन्। शनिबार एर्दोआनले रुससँगको छलफलमा पनि समाधान निस्कन नसके टर्कीले आफ्नो योजना लागू गर्ने बताए।
टर्कीले कुर्द लडाकुहरूलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने आतङ्कवादी मान्छ।

त्यसैले आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर सुरक्षित क्षेत्र निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको थियो।
अङ्कराले अहिले टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउन चाहेको बताएको थियो। तीमध्ये धेरैजसो गैरकुर्द छन्।
कतिपय आलोचकहरूले टर्कीको कदमबाट स्थानीय कुर्द जनसङ्ख्याको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।
कुर्द नेताहरूले पनि आफ्नो नरसंहार हुनुभन्दा सिरियाका राष्ट्रपति बशार अल असदसँग पीडादायी सम्झौता गर्नुपरेको बताएका छन्। बीबीसी

प्रतिक्रिया