नेकपा (एमाले)का नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले लुकीलुकी चिना हेराउनेहरुले अहिले हिन्दु धर्म संस्कृतिको विरोध गरिहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत् बाँस्कोटाले पशुपतिनाथमा सुनको जलारी र ठोरीस्थित राम मन्दिरको बिरोध गर्नेहरुले होली वाइन र भैँसी पूजाको भने बिरोध नगरेको बताएका हुन्।
उनले मान्छे भएपछि धर्मसंस्कृतिसँग जोडिनै पर्ने तर्क गर्दै छुवाछूत हिन्दु धर्म संस्कृतिको अंग नभएको दाबी समेत गरेका छन्।
व्यक्ति र घर्म संस्कृति जोडिएकै छ। थिएन भने भैँसी पूजा र होली वाईन समारोह किन आयोजना गरिए? जलारी र राम मन्दिरको विरोध चै किन?,’ आइतबार बिहान बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो। छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो, हिन्दु संस्कृतिको अंग होईन। लुकेर चिना हेराउनी, फुटानी लाउने!’
Shares

प्रतिक्रिया