राजनीति


सांसद आलम पक्राउ प्रकरणः २४ घण्टा नबित्दै देउवाको ‘यू–टर्न’

सांसद आलम पक्राउ प्रकरणः २४ घण्टा नबित्दै देउवाको ‘यू–टर्न’

नेपालखबर
कात्तिक २, २०७६ शनिबार १२:५८,

 सामूहिक हत्याको आरोप लागेका पार्टीका सांसद मोहम्बद अप्ताफ आलमको पक्राउको विषयमा विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २४ घण्टाभित्रै बयान फेरेका छन्।

शुक्रबार कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिन भक्तपुरका आयोजित कार्यक्रममा सभापति देउवाले १२ वर्ष अधिको मुद्दालाई लिएर अहिले पक्राउ गर्न नमिल्ने अभिव्यक्ति दिएका थिए। उनले कांग्रेसलाई फसाउने उद्देश्यले आलमलाई पक्राउ गरिएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए।

देउवाको यो अभिव्यक्तिको पार्टी भित्र र बाहिर चौतर्फी विरोध हुन थालेपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो भनाइमाथि स्पष्टीकरण दिएका हुन्। उनले कांग्रेस कानूनी राज्यमा विश्यास गर्ने पार्टी भएको हुँदा निष्पक्ष अनुसन्धानमा सहयोग पु¥याउने बताएका छन्

‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’

शुक्रबारमात्रै पक्राउलाई आफ्नो पार्टी विरुद्ध भएको षड्यन्त्र देख्ने देउवाले दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। उनले निर्दोष दण्डित हुन नहुने र दोषीले उन्मुक्ति पाउन नहुने बताए।

‘महोम्मद आफताव आलममाथिको मुद्दामा कुनैपनि पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुन्छ’ देउवाले भनेका छन,‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।’

आलमलाई पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ गतेको बम काण्डको मुख्य आरोपी ठहर्याउँदै प्रहरीले असोज २६ गते इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो।

आलामको पक्राउलाई लिएर कांग्रेसका केन्द्रीय र स्थानीय नेताहरुले विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad