ad ad

राजनीति


विदेशीले बोकाइदिएको भारी नबिसाए मुलुकमा दुर्घटना :  कमल थापा

विदेशीले बोकाइदिएको भारी नबिसाए मुलुकमा दुर्घटना :  कमल थापा

नेपालखबर
साउन २०, २०७८ बुधबार १८:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने बताएका छन्। त्यसका निम्ति वैकल्पिक मार्ग आवश्यक भएको पनि थापाले बताएका छन्। 

पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बुधबार बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए। 

थापाले विदेशीले बोकाइदिएको भारी बिसाउन ढिला गरेमा मुलुक पनि दुर्घटनातिर जाने उल्लेख गरेका छन्। नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो  राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा उभ्याउने पनि बताए। 

उनले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित विकेन्द्रीकृत शासन प्रणाली मुलुकको निमित्त आवश्यक भएको दाबी गरे ।

स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेता/कार्यकर्ता पार्टीको पुँजी भएको भन्दै थापाले इमानपूर्वक निर्वाचनमा केन्द्रित हुन आग्रह गरे। विदेशी हस्तक्षेप र प्रभाव रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाले तर्क गरे।

बुधबारको भर्चुअल बैठकमा गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .